पहिरोमा पुरिँदा तीन जनाको मृत्यु

Prabhu Bank

काठमाडौं।जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ।

Saftey Pads

आइतबार बिहान १:४५ बजे आएको पहिरोले घर पुरिँदा  श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घटनास्थलमा अहिले उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरी खटिएका छन्।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक
Maruti Cement