पुनर्निर्माणमा काठमाडौं पछाडि

Prabhu Bank

काठमाडौं।भूकम्पले क्षति पुर्याएको निजी घर पुनर्निर्माणमा काठमाडौं पछाडि परेको छ।

Saftey Pads

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखामा ९९ प्रतिशत सम्झौता भएको छ।

सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ।

ललितपुरको ८८ प्रतिशत, काठमाडौंको ८७ प्रतिशत, भक्तपुरको ८६ प्रतिशत र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ। बाँकी जिल्लाको अवस्था ९० प्रतिशतभन्दा माथि छ।

काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement