एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ

Prabhu Bank

काठमाडौं । नबिल बैंकको एटिएम प्रयोग गरेर पैसा निकाल्न खोजिरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन्।

Saftey Pads

महानगरीय प्रहरी परिसर काठमाडौंले १३ भदौमा काठमाडौं आएका उनीहरुलाई दरबारमार्गबाट पक्राउ गरेको हो।

नबिलको एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा अन्य चार पनि समातिएको प्रहरीले जनाएको छ।

उनीहरुले नक्कली कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाल्ने गरेका थिए। उनीहरुबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement