तीज पर्व शुरु, दर खाने खाश दिन आज

Prabhu Bank

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आजबाट शुरु भएको छ।

Saftey Pads

तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन्।

दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ। धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ।

अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ।

यसैबीच हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको पूर्वी ढोका भक्तजनहरुका लागि खुल्ने भएको छ।
यसअघि २ दशकदेखि तीजको बेला यो ढोका बन्द हुँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement