सिरियाली विद्रोहीको शिविरमा आक्रमण, ४० लडाकूको मृत्यु

Prabhu Bank

काठमाडौं । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा कम्तीमा ४० विद्रोही लडाकूको मृत्यु भएको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ।

Saftey Pads

रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै उक्त आक्रमण भएको हो। सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले बताए।

आक्रमण कसले गरेको भन्ने तत्काल थाहा हुन नसकेको र मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने थाहा भैनसकेको उक्त संस्थाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा मुम्बई इन्डियन्स विजयी
Maruti Cement