अधिकांश बैंकका एटिएम मेसिन बन्द, राष्ट्र ब्यांकले बोलायो आकस्मिक वैठक

Prabhu Bank

काठमाडौं । विभिन्न बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि अनिश्चित कालका लागि अधिकांश बैंकका एटिएम मेसिन बन्द गरिएको छ।

Saftey Pads

काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन प्रहरीको आग्रहमा बन्द गरिएको हो।

नेपाली बैंकका एटिएम मेसिन ह्याकरको निशानामा परेपछि सुरक्षित सेवा प्रवाहका लागि अहिलेलाई एटिएम मेसिन बन्द गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

नेपाल प्रहरीले शनिवार काठमाडौंबाट पाँच जना चिनियाँ नागरिकलाई पक्रेपछि विभिन्न बैंकका खातावालको रकम उनीहरुले अनधिकृत रुपमा निकालेको पुष्टि भएको थियो।

अहिले सम्बन्धित बैंक र नेपाल प्रहरीको सहयोगमा एटिएम सुरक्षाका लागि काम भैरहेको छ।

यस विषयमा थप छलफल गर्न नेपाल राष्ट्र ब्यांकले सबै ब्यांकका सूचना प्रविधि विभागका प्रमुखहरुलाई आकस्मिक वैठकमा बोलाएको छ।

एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ

अन्य सम्बन्धित समाचार:  झापामा प्रदेश सांसदकै अगुवाइमा वन फँडानी: सांसद भन्छन्-म त भैंसी चराउन पो गएको!
Maruti Cement