साझा पार्टीले शुरु गर्यो संवृद्धिको नीतिगत बहस : कस्तो र कसरी भन्नेमा विज्ञहरुको फरक फरक धारणा

Prabhu Bank

काठमाडौं । बैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको साझा पार्टीले संवृद्धिको नीतिगत खुला बहस शुरु गरेको छ।

Saftey Pads

पार्टीको नीति विभागले ललितपुरको स्टाफ कलेजमा आयोजना गरेको बहसमा मुलुकको बागडोर सम्हालिसकेका पुर्व अर्थ मन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डे तथा राष्ट्रिय सभा सदस्य डा. बिमला पौडेल राई देखि अग्रज पत्रकार कनकमणि दिक्षित सम्मले आफ्ना विचार, अनुभव, राष्ट्रिय तथा अन्तरास्ट्रिय चुनौती र सम्भावनाका सन्दर्भ र प्रसङ्ग प्रस्तुत गरेका थिए।

प्यानल संवाद सत्रमा सहजकर्ताको रुपमा प्रस्तुत भएका पार्टी नीति बिभाग प्रमुख डा. सूर्यराज आचार्यले हामीले खोजेको संवृद्धिको स्वरुप कस्तो हो भन्ने कुरा राजनीतिक र नीतिगत तहमा के कति स्पष्ट छ भन्ने प्रश्न प्यानलिष्टहरु पूर्व अर्थ मंत्री डा. रामशरण महत र सुरेन्द्र पाण्डे तथा राष्ट्रिय सभा सदस्य डा. बिमला पौडेल राईलाई सोधेका थिए।

उनले विश्व भर नै आलोचित रहेको र नेपालमा ०४८ साल देखि अपनाईएको नवउदारवादको सोच र नीति नेपाली समाजले चाहेको संवृद्धि प्राप्तिका लागि कति सान्दर्भिक होला भन्ने प्रश्नमा पनि प्यानेलिष्टले आफ्नो धारणा राखेका थिए। डा. आचार्यले परिवारको खुसि बेचेर प्राप्त रेमिटेन्सले सुधारेका केहि आर्थिक-सामाजिक सुचकलाई नै संवृद्धि ठान्नु सहि नहुने टिप्पणी गरे।छलफलमा सम्वृद्धिले समाजका सबै समुह र पक्षलाई समेट्नु पर्ने, विकास र वातावरणमा सन्तुलन खोजिनु पर्ने, उत्पादन र वितरणमा सन्तुलन, शिक्षा र स्वास्थ जस्ता आधारभुत सामाजिक सेवामा राज्यले दायित्व लिनु पर्ने जस्ता विषय उठेका थिए।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

साझा पार्टीका नीति विभाग प्रमुख डा. सूर्यराज आचार्यले कार्यक्रमको समापन गर्दै बहस कार्यक्रमको उदेश्य अनुसार छालफले ‘संवृद्धि कस्तो र कसरी?’ वृहंगम प्रश्नको उत्तर खोज्ने महत्वपूर्ण थालनि गरेको बताए। यो प्रश्नको दायरा र यससंग जोडिएका अन्य नीतिगत मुद्दाका बारेमा छलफलले स्पष्ट मार्गनिर्देश गरेको पनि बताए।

बक्ताहरुको मुल विचार:

रवीन्द्र मिश्र:
प्रतिरक्षा र परराष्ट्र नीति जस्तै मुलुकका चासोका केहि मुद्दाले आम राष्ट्रिय सहमति खोज्दछ। विकास र संवृद्धिका आधारभुत मुद्दामा पनि आम सहमति हुनु आवस्यक छ। त्यसैले यो ‘साझा नीति बहस- संवृद्धि कस्तो र कसरी?’ आयोजना गरिएको छ।

विशाल चालिसे: संवृद्धिको अर्थ र दायरा परम्परागत आर्थिक वृद्धि र प्रतिव्यक्तो आयको मापन बाट आर्थिक समानता, समावेशि, पर्वरणीय सन्तुलन, सांस्कृतिक सम्बर्धन जस्ता बहुआयामिक तहमा विस्तार भएको छ। हामरो विकासको मोडेलले यि सबै पक्षलाई समेट्नु पर्ने छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कनकमणि दिक्षित:
लोकतान्त्रिक व्यवस्था, राजनीतिक स्थिरता, खुला समाज जस्ता सवल पक्षले संवृद्धि प्राप्तिको संभावनालाई सहज बनाएको छ। संभावना राम्रो छ। नयाँ संविधानले मार्गदर्शन गरेको छ।

डा. रामशरण महत:
०४८ सालको उदार आर्थिक सोच र नीति अबलम्बन गरेकोमा कुनै पछुतो छैन। यसले गर्दा संवृद्धिका धेरै आर्थिक-सामाजिक सुचकमा उल्लेख्य सुधार आएको छ। व्यवस्थापन र सुशासनमा भने समस्या छ।

सुरेन्द्र पाण्डे:
परम्परागत कम्युनिस्ट र पुँजिवाद दुवै प्रणालीमा समस्या छन्, र यि दुवैका राम्रा पक्षलाई समेटेर संवृद्धि प्राप्त गर्ने बाटोमा नै हामी अघि बढ्दै छौं।

डा. बिमला पौडेल राई:
संवृद्धिलाई ‘समावेशी’ संवृद्धि भनेर विशेषण जोड्नु आवस्यक छैन। संवृद्धि आँफैमा समेवेशी हुनु पर्दछ। शिक्षा र स्वास्थमा व्यापारिकरण गरेर संवृद्ध र समतामुलक समाजको निर्माण हुन सक्दैन।

Maruti Cement