‘आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं उहाँलाई गाली नगरिदिनुहोला’

Prabhu Bank

काठमाडौं । नायक पल शाहले नायिका आँचल शर्मालाई आफूसँग जोडेर गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन्।

Saftey Pads

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आँचल र आफु सधैे राम्रो साथी भएको र रहिरहने बताएका हुन्।

उनले भनेका छन्–‘आज स्पष्ट पार्न चाहन्छु, आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं। सफै अफवाह थियो। उनले लेखेका छन्, केहि दिनदेखि सामाजिक संजालहरुमा आँचलजीलाई गाली गलौज गरेको देखिरहेको छु।

यसैले उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत वुझेर उहाँलाई गाली नगरिदिनुहोला।’ उनले आँचलको नयाँ जीवनको खबरलाई आफूसँग जोडेर गाली नगर्न शुभचिन्तकलाई आग्रह गरेका छन्। उनले, ‘आँप’ जोडी सधै नै रहने पनि स्पष्ट पारेका छन्।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?

उनले, आफू पूर्ण रुपमा करिअरमा फोकस भएको समेत स्पष्ट पारेका छन्। चलचित्र ‘नाई नभन्नु ल ४’मा काम गरेपछि पल र आँचलविच प्रेम रहेको चर्चा चलेको थियो। तर, पछिल्लो केही समयदेखि आँचल उदिप श्रेष्ठको प्रेममा छिन्।

यसैले, उदिपसँग नाम जोडिएसँगै आँचललाई पलका फ्यानले सामाजिक संजालमा गाली गरिरहेका छन् । पलले भने आफ्ना फ्यानलाई आँचललाई गाली नगर्न आग्रह गरेका हुन्।

Maruti Cement