शिल्पा-छवि मुद्दाः सर्वोच्चमा सुनुवाइ हुँदै

Prabhu Bank

काठमाडौं । जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेकी नायिका शिल्पा पोखरेलले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ। पोखरेलले उत्प्रेषणको मागसहित दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा आइतबार सुनुवाइ हुने भएको हो।

Saftey Pads

उच्च अदालत पाटनले पक्राउ गरेर कारबाही अघि बढाउन जिल्ला अदालतले गरेको आदेशविरुद्ध नायिका पोखरेलले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा साउन १ गते भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्दै आज दुवै पक्षलाई बोलाइएको थियो। साथै शिल्पा र छविलाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको थियो।

साउन २४ गते भएको सुनुवाइपछि पोखरेल र निर्माता छवि ओझालाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्। उच्च अदालतको आदेशमा शिल्पाले दिएको निवेदन अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने प्रष्ट पारेको थियो। शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाई र अधिवक्ता मनोज यादवले बहस गरेका थिए।

छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए। छविका तर्फबाट कसैले बहस गरेनन्। अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको प्रष्ट पार्दै शिल्पाको माग अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने जिकिर हेमाका तर्फबाट बहस गरेका अधिवक्ताहरुको थियो।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ

गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्।

Maruti Cement