धादिङमा जीप दुर्घटनाः १५ जना घाइते

Prabhu Bank

काठमाडौं । धादिङको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

Saftey Pads

तिजमा माइत हिँडेका यात्रुबोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर आइतबार दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमा १० जना महिला र ५ जना पुरुष रहेका छन्। सामान्य घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

दुई जनालाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याईएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिन अझै एक साता लाग्ने
Maruti Cement