शैक्षिक संस्थामा राजनीतिक भागबण्डाविरुद्ध नेविसङ्घको खबरदारी र्‍याली

Prabhu Bank

काठमाडौं ।  नेपाल विद्यार्थी सङ्घले विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै प्रदर्शन गरेको छ।

Saftey Pads

आइतबार राजधानीको माइतीघरमा पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेकाले सो कार्य बन्द गरी प्रतिस्पर्धाको आधारमा चयन गर्न दवाव दिन खबरदारी र्‍यालीको आयोजना गरिएको हो।

र्‍यालीमा सहभागीहरूले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लिएर ब्यानर र प्लेकार्ड बोकेको नेविसङ्घका नेता निरञ्जन थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  Don’t Quit
Maruti Cement