सागको लागि दोस्रो चरणमा ३२ महिला फुटबल खेलाडी छनोट

Prabhu Bank

काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि ३२ जना महिला खेलाडी दोस्रो चरणमा छनोट भएका छन्।

Saftey Pads

आइतबार महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ४० जना प्रारम्भिक खेलाडीबाट ३२ खेलाडीलाई छनोट गरेका हुन्। साग खेलकुद यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ।

नेपाली महिला फुटबल टिमले साग खेलअघि किर्गिस्तानमा हुने नदेजहदा कप खेल्नेछ। यो प्रतियोगितालाई नेपालले सागको मुख्य तयारीको रुपमा लिएको छ। यो प्रतियोगितामा किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन्। यो प्रतियोगिता यहि भदौ २० देखि २७ गतेसम्म हुँदैछ।

३२ सदस्यीय खेलाडी
गोलकिपर स् एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

अन्य सम्बन्धित समाचार:  आईपीएल: आजकाे खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच

डिफेन्डरः हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, निशा ठोकर, पुनम जर्घामगर, विमला विक, पूजा रानामगर, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल

मिडफिल्डरः अञ्जिलीकुमारी योञ्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, शर्मिला थापा, सविता रानामगर, प्रिति राई

फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा कृष्णा खत्री र रश्मीकुमारी घिसिङ

Maruti Cement