शिक्षक संघकाे तीज मिलन तथा प्रशिक्षण सम्पन्न

Prabhu Bank

सुर्खेत । हरितालिका तीजको अवसरमा सुर्खेतमा तीज मिलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Saftey Pads

नेपाल शिक्षक सङ्घ भेरीगङ्गा नगर कार्य समितिको आयोजनामा कर्णाली प्रदेशका प्रदेश सभा सदस्य माननीय अमृता शाहीको प्रमुख आतिथ्यतामा तीजको शुभकामना आदन प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ सङ्घीय समिति सदस्य दुर्गा शाक्यको विशेष आतिथ्यता रहेको थियो।

नेपाल शिक्षक महासङ्घ, सुर्खेतका सचिव राजेन्द्र गौतम, नेपाल शिक्षक सङ्घ साविक क्षेत्र नं १, सुर्खेतका पुर्व अध्यक्ष एवम् ने.रा.नमुना मा.वि.बडाखोलीका प्रधानध्यापक ढालबहादुर खत्री र नेपाल शिक्षक सङ्घ भेरीगङ्गाका सल्लाहकार एवम् शारदा मा.वि. छिन्चुका प्रधानध्यापक जीवलाल गौतमले प्रशिक्षण दिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य झक बहादुर डाँगी, जिल्ला सदस्य रत्नाखर चपाँई, नगर सभापति वेदु गिरि, नेपाल शिक्षक सङ्घ जिल्ला कार्य समिति अध्यक्ष गोविन्दराज गिरि, ज्ञानपुन्ज शैक्षिक सहकारी सुर्खेतका अध्यक्ष हिरामणी पोखेरेल, नेपाल महिला सङ्घ भेरीगङ्गा अध्यक्ष गीता कुँवर लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा सम्पूर्ण अतिथिले सल्लाह सुझावसहित शुभकामना व्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु

 

Maruti Cement