विश्व प्रसिद्ध समाजशास्त्री वालेस्टाइनको निधन

Prabhu Bank

काठमाडौं। विश्व प्रसिद्ध समाजशास्त्री इम्मानुएल वालेस्टाइनको निधन भएको छ।

Saftey Pads

सन् १९३१ सेप्टेम्बर २८ मा जन्मिएका वालेस्टाइनको अगस्ट १ (आज) ८८ वर्षको उमेरमा निधन भएको अमेरिकन समाचार संस्था मेहनिउजले जनाएको छ।

विश्व व्यवस्था र आर्थिक इतिहासको बारेमा गहन वौद्धिक योगदान दिएका अमेरिकन समाजशास्त्री वालेस्टाइन मार्स्कवादी विचारधाराका पछिल्ला उच्च वौद्धिक मानिन्थे।

समाज विज्ञानको क्षेत्रमा ‘विश्व व्यवस्था पद्धति’ एउटा फरक कोणबाट विश्व समाजलाई अध्ययन र विश्लेषण गर्ने वौद्धिक दृष्टिकोण निर्माणमा उनको नेतृत्वदायी भूमिका रहेको थियो।

पुँजीवादी व्यवस्थाले विश्व समाजमा निम्त्याएको असर र विभेदले विश्व समाज नै कसरी शोषणको चपेटामा परेको छ भन्ने कुरालाई तथ्यसंगत ढंगले उजागर गरेका उनी अमेरिकाको येले विश्वविद्यालयको वरिष्ठ अनुसन्धानदातासमेत रहेका थिए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement