सिंहदरबार अगाडि बनेको अग्लो घर सरकारले अधिग्रहण गर्ने

Prabhu Bank

काठमाडौं।गृह मन्त्रालयले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि बनेको अग्लो घर अधिग्रहण गर्ने निर्णय गरेको छ।

Saftey Pads

यस्तै राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको अग्लो घरलाई समेत रोक्ने भएको छ। गृहले गठन गरेको अध्ययन समितिले दिएको सुझावका आधारमा संवेदनशील क्षेत्र नजिकका अग्ला भवनले शान्ति सुरक्षामा असर पार्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो।

अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीई रियल स्टेटलाई निर्माणमा रोक लगाई अधिग्रहण गर्ने तथा सिंहदरबार दक्षिण गेट, राष्ट्रिय अनुसन्धान कार्यालयअघि बनेको इमिरो प्लाजा मापदण्ड विपरीत देखिएकोले आववश्यक कारबाही गरी अधिग्रहण गर्न सिफारिस गरेको छ।

सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठुला भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने गृहले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दार्चुलाको होटलमा प्रहरी मृत भेटिए

समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने वा अधिग्रहण गर्ने तथा बनिसकेका भवन आवश्यक प्रक्रिया पूरा गरी अधिग्रहण गर्ने वा आवश्यक कारबाही अघि बढाउने सिफारिस गरेको थियो।

Maruti Cement