आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता गराउन आह्वान

Prabhu Bank

काठमाडौं।आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

Saftey Pads

विविध कारण प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ५० स्थान हाल जनप्रतिनिधिबिहीन छन्। उक्त स्थानमा जनप्रतिनिधि निर्वाचित गर्न आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदै छ।

सोमबार सुचना जारी गर्दै निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गरेको हो। उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिइएको छ। यस अवधिमा आफ्नो लेखापरीक्षणलगायत आवश्यक कागजात पेश गरी दल दर्ता प्रक्रियामा सहभागी हुन आयोगले सबै दललाई आग्रह गरेको छ ।

अयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन तथा २०७३ को दफा १० मा निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।

अन्य सम्बन्धित समाचार:  दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको भवन सिलान्यास

तर, ०७४ को निर्वाचनमा सहभागी भएका दलले भने दर्ता भइरहनु पर्दैन। उक्त चुनवामा सहभागी नभएका नयाँ दलका लागि मात्र दर्ता आह्वान गरिएको आयोगले जनाएको छ।

तर, निर्वाचनपछि दुई फरक पार्टीबीच मिलेका पार्टी नेकपा र समाजवादी पार्टी भने दर्ता हुनुपर्ने आयोगले जनाएको छ।

Maruti Cement