प्रधानमन्त्री भेट्न गौतम र पौडेल सिंगापुर जाँदै

Prabhu Bank

काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन्।

Saftey Pads

दुवै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने भएका हुन्। उनीहरु मंगलबार दिउँसो १ बजे सिंगापुरतर्फ जाने कार्यक्रम रहेको छ।

ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरिरमा रहेको एन्टीबडी घटाउने अन्तिम उपचार बुधबार सकिँदैछ।

त्यसपछि प्रधानमन्त्रीसहित दुवै नेता सँगैं फर्किने छन्।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ
Maruti Cement