लण्डनको ऊलविचमा बन्यो साझा सद्भाव समूह

काठमाडौं।नेपालीहरुको उल्लेख्य बसोबास रहेको लण्डनको ऊलविचमा कमल गुरुङको संयोजकत्वमा सात सदस्यीय ‘साझा सद्भाव समूह ऊलविच’ गठन भएको छ।

समूहका अन्य सदस्यहरुमा टोपमाया गुरुङ, थमन राजकोटी, बम बहादुर गुरुङ, शिव थापा, रुद्र बहादुर गुरुङ र नरमाया गुरुङ रहेका छन्।

बेलायतका अन्य शहरहरुमा पनि सद्भाव समूहहरु बन्ने क्रम जारी रहेको साझा सद्भाव समूह संजाल बेलायतका संयोजक एस. के. श्रेष्ठले बताए।

यसअघि बेलायतका बेजिस्टोक,प्लमस्टीड, रिडिंग, नोटिंगह्याम, ब्रिस्टोल र डमफेरलेनमा सद्भाव समूहहरु निर्माण भइसकेको अन्तराष्ट्रिय संचार समूह संजालका सदस्य टाउ गुरुङले बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको खोप सबैलाई निशुल्क हुन्छः प्रधानमन्त्री ओली