विदेशी लगानी २५ प्रतिशतले घट्यो

काठमाडौं।गत वर्ष मुलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरका प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको थियो।

यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो। आर्थिक वर्ष २०७४/७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्षको बाह्रै महिना विदेशी लगानी घट्यो। विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत व्यावहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको हो।

गत वर्ष सरकारले लगानी सम्मेलन पनि गरेको छ। सम्मेलनमा विभिन्न राष्ट्रका चार दर्जन बढी लगानीकर्ताको सहभागीता थियो।

सम्मेलनमार्फत करिब ३० खर्ब रुपैँया विदेशी लगानी भित्राउने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ। यथार्थमा मुलुक भित्रिएको विदेशी लगानी घटेको समचार आजको कान्तिपुर दैनिकमा छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी