दशैंको अग्रिम टिकट बुकिङ खोल्न सरकारको प्रस्ताव

Prabhu Bank

काठमाडौं । सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ।

Saftey Pads

यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ। व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए।

व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन्। विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका हुन्।

दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीले जानकारी दिए।

२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ।

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो। यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन्।

अन्य सम्बन्धित समाचार:  विवादपछि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द
Maruti Cement