आज ऋषिपञ्चमी- सप्तऋषिको पूजाआजा गरी मनाइँदै

Prabhu Bank

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ।

Saftey Pads

हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर ३६५ वटा दतिवनले दाँत माझेर व्रत समापन गर्ने गर्दछन्।

आजको दिन हिन्दु महिलाहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्। महिलाहरुले वर्षभरि रजस्वलाका समयमा छाइछुईलगायतका त्रुटि पखाल्न अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

आजको दिन पवित्र जलासयमा नुहांदा महिलाहरुले चोखो माटो, तील र गोबर लगाई शरिर चोख्याउने गर्दछन्। नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ।

अन्य सम्बन्धित समाचार:  घुन्सा हेलिकप्टर दुर्घटनाको चाैध वर्ष पूरा

यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रमा उल्लेख गरेको राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

Maruti Cement