प्रधानमन्त्री भेट्न महासचिव पौडेल सिङ्गापुर जाँदै, गौतम नजाने

Prabhu Bank

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिङ्गापुर जाँदैछन्।

Saftey Pads

पौडेल सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न मङ्गलबार दिउँसो साढे १ बजे सिङ्गापुर जान लागेका हुन्।

नेकपाका नेता बामदेव गौतम पनि सिङ्गापुर जान लागेको चर्चा मिडियामा भए पनि उनी जाने कुनै कार्यक्रम नभएको गौतमको निजी सचिवालयले जनाएको छ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले गौतम सिङ्गापुर जाने कार्यक्रम नभएको बताए।

अन्य सम्बन्धित समाचार:  आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित
Maruti Cement