अज्ञात समुहद्धारा वडाध्यक्षको मोटरसाइकमा आगजनी

Prabhu Bank

काठमाडौं । अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको लु १ ब १६८८ नम्बरको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका हुन्।

Saftey Pads

वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश बिष्टले जानकारी दिए।

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ। मोटरसाइकलमा आगजनी भएपछि मंगलवार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगजनी गर्नेकोे खोजी भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

अन्य सम्बन्धित समाचार:  मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
Maruti Cement