बुवाआमाले गाली गरेको भन्दै किशोरले गरे झुण्डिएर आत्महत्या

Prabhu Bank

काठमाडौं । बुवाआमाले गाली गरेको भन्दै पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन्।

Saftey Pads

वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरमा बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल र्पुयाए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन्।
उनको शव पोष्टमार्टमपछि प्रहरीले बुवा नविलाललाई बुझाएको छ।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको माग
Maruti Cement