सागका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

Prabhu Bank

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो।

Saftey Pads

नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ। नेपालले त्रिवि क्रिकेट मैदानमा तयारी सुरु गरेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल, प्रशिक्षक मनोज कटवाल र प्रदीप राज पाण्डेले प्रशिक्षण गराउने छन्।
नेपाली टोलीको बन्द प्रशिक्षणको पहिलो दिन २५ खेलाडीले सहभागिता जनाएका छन्।

सागका लागि महिला टोलीले भने यसअघि नै तयारी सुरु गरिसकेको थियो।

अन्य सम्बन्धित समाचार:  नोभाक जोकोविचलाई इटालियन ओपन टेनिसको उपाधि
Maruti Cement