खानागावा नेपाली कम्युनिटीको अध्यक्षमा पुन: सापकोटा, उपाध्यक्षमा मनिष अमात्य

जापान । खानागावा नेपाली कम्युनिटी जापानले तिज विशेष समारोह सम्पन्न गरेको छ । आईतबार योकोहामाको निसीचीकु सेन्टरमा तिजको अबसरमा आयोजित फेस्टिबलमा नेपालीसंगै जापानीहरुलेपनि तिज सांगीतिक कार्यक्रममा मनोरंजन लिएका थिए । सोहि अवसरमा कानागावा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति घोषणा गरिएको जापानबाट हाम्रा कन्ट्रीब्युटर सुमन श्रेष्ठले जानकारी दिएका छन् ।
२ बर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा पुन: हरी सापकोटा अध्यक्ष बनेका छन् । कार्यसमितिको उपाध्यक्षमा मनिष अमात्य (महेश) , धुर्व कुमार थापा ,सिदार्थ श्रेष्ठ सचिवमा यमाकान्त कंडेल,सहसचीबमा प्रेम प्रसाद कंडेल,टिकाराम कंडेल,कोषाध्यक्षमा गणेशजंग राणा सह-कोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य लगाएत रहेका छन।

नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञान कुमार थापाले खानागावा नेपाली कम्युनिटिले जापानीहरु बिचको राम्रो सम्बन्धका कारण पनि हेर्ने नजर अरु कम्युनिटि भन्दा फरक रहेको बताए ।


सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निबर्तमान सचिव राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा महेन्द्र श्रेष्ठ, प्रकाश पौडेल माईला, सविता श्रेष्ठ,देविलाल भण्डारी, राजु कंडेल,ईन्दिरा सुजुकी,टिकाराम खरेल लगायतको सहभागिता रहेको थियो । नेपाली संगै जापानीहरुको बाक्लो सहभागीता रहेको फेस्टिवलमा कलाकारहरु भावना आचार्य,सुर्य खड्का, अमित सापकोटा ,खेमराज पौडेलको तिज गित प्रस्तुतीले सबैलाई झुमाएको थियो ।

तपाईंको प्रतिक्रिया/टिप्पणी