तलब नपाएको भन्दै नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

Prabhu Bank

काठमाडौं । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको भन्दै सुपरभाइजरको हत्या गरेका छन्। सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका हुन्।

Saftey Pads

प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ। उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो।

१ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ। घटनामा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने खुलाइएको छैन्।

अन्य सम्बन्धित समाचार:  उदयपुरका ज्ञानेन्द्र राईको कोरियामा मृत्यु
Maruti Cement