घुस रकमसहित कम्प्युटर अपरेटर पक्राउ

Prabhu Bank

काठमाडौं । घुस रकमसहित बारामा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्।

Saftey Pads

आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

सोमबार साँझ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १, सिमराको एक किराना पसलको अगाडिबाट लामालाई घुस लिएको ४० हजार रुपैयाँसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

पक्राउ परेका लामाले लामो समयदेखि कारोबार नभएको पान नम्बर बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गर्दै आएका थिए।

घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  पाँच महिनापछि सुकेटार विमानस्थलमा हवाई सेवा सुरु
Maruti Cement