विप्लवका कोशी ब्यूरो संयोजकसहित एक कार्यकर्ता कारागार चलान

Prabhu Bank

संखुवासभा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी ब्यूरो संयोजकसहित एक कार्यकर्ता कारागार चलान भएका छन्।

Saftey Pads

विप्लवका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र छिरिङ शेर्पाले धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको हो।

विप्लवका ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ (पुष्कर) र संखुवासभाका छिरिङ शेर्पालाई मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ।

ब्युरो संयोजक श्रेष्ठलाई दुईमुद्दामा ३० हजार र जिल्ला सदस्य शेर्पालाई छ वटा मुद्दामा १ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको बताइएको छ।

ब्युरो संयोजक श्रेष्ठलाई गत चैत १० गते मोरङको कानेपोखरीबाट र संखुवासभाका जिल्ला सदस्य शेर्पालाई भदौ ८ गते प्रहरीले पक्राउ गरेको थियो।

अन्य सम्बन्धित समाचार:  सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ: गृहमन्त्री थापा
Maruti Cement