जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछानेले गरे उच्च अदालतमा निवेदन दर्ता

Prabhu Bank

काठमाडौँ । सञ्चारकर्मी रवी लामिछानेले मंगलबार उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन्।
चितवन जिल्ला अदालतको निर्णयको विरुद्ध उनले मुद्दा दर्ता गराएका हुन्।

Saftey Pads

भाद्र ९ गते चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा लामिछानेलाई ५ लाख र युवराज काडेललाई ३ लाख धरौटीमा रिहा गरेको थियो। तर, चितवन अदालतको निर्णय चित्त नबुझेपछि लामिछानेले हेटौंडामा निवेदन दर्ता गराएका बताइएको छ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका छन्।

अन्य सम्बन्धित समाचार:  सुनको भाउ ८ सयले बढ्यो: ताेलाकाे ९३ हजार ९ सय

लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ। लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईले भोलि बहस तथा पैरवी गर्ने भएका छन्।

Maruti Cement