चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक

Prabhu Bank

काठमाडौं । असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ। हलमा केही दिनअघिदेखि नै प्रसारण भएको यो ट्रेलर युट्युबमार्फत मंगलबार सार्वजनिक गरिएको हो।

Saftey Pads

ट्रेलरमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका देख्न सकिन्छ। ट्रेलर अनुसार साम्राज्ञीले गाउँमै केही गर्न सकिन्छ भन्दै युवालाई चेतना जगाउन खोजेको देखाइएको छ भने अकिंतले गाउँमा भएका युवालाई फ्री भिसा फ्री टिकट भन्दै विदेश पठाएको देखाइएको छ।

दशैँको रौनक झल्किने फिल्मको ट्रेलरमा बुद्धि तामाङ, बसुन्धरा भुसाल, नीता ढुंगाना, रविन्द्र झा, लक्ष्मी गिरी, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ। फिल्ममा अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ भने किरण शर्मा र कृति शर्माको लगानी रहेको छ।

अन्य सम्बन्धित समाचार:  सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्वजनिक

यस्तै चलचित्रमा मित्र डी गुरुङको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। यस्तै फिल्ममा खुश्बु खड्का, कमला रेग्मी, जयनन्द लामा, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ।

Maruti Cement