कारागारबाट निस्केका महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

Prabhu Bank

काठमाडौँ । खोटाङका एक महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

Saftey Pads

मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

मर्निङवाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए।

प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए।

उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ। बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे। आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए। गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

खोटाङ बस्दै आएकी उमिता काठमाडौँ आएको कारण भने खुलेको छैन। उनी काठमाडौँमा दिदी–भिनाजुसँग बसेको पाइएको प्रहरीले जनाएको छ।

Maruti Cement