आकस्मिक चुनाव गर्ने धम्कीपछि बेलायती प्रधानमन्त्रीलाई संसदमा अप्ठ्यारो

Prabhu Bank

काठमाडौं।आकस्मिक संसदीय चुनाव गर्ने धम्कीपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा अप्ठ्यारो स्थितिको समाना गर्नुपर्ने भएको छ।

Saftey Pads

युरोपेली युनियनबाट कुनै पनि सहमति नगरी बाहिरिने योजनामा साथ दिन या आकस्मिक चुनावको सामना गर्न भनी उनले सांसदहरुलाइ धम्क्याएका थिए।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले प्रधानमन्त्रीले आगामी अक्टोबर १४ का लागि चुनाव घोषणा गर्न सक्ने बताएका थिए।

उनको यस्तो चेतावनीपछि सांसदहरूले चर्को आलोचना गरेका थिए। यसपछि जोन्सनले आफूले चुनाव नचाहेको तर युरोपेली संघबाट बाहिरिने विषयमा प्रगति हुनुपर्ने भन्दै आफ्नो प्रतिरक्षा गरेका छन्।

बेलायतमा संसदीय निर्वाचनका लागि मिती तोक्ने समय ऐनमै उल्लेख गरिएको छ। आकस्मिक निर्वाचन गराउन निर्वाचन घोषणासम्बन्धी उक्त ऐन नै परिवर्तन गर्नुपर्ने हुन्छ। यसका लागि ६५० सदस्यीय सांसदमध्ये दुई तिहाइ सांसदको साथ प्रधानमन्त्रीलाई आवश्यक हुन्छ।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी

तर, विपक्षी लेबर पार्टीका सांसद उनलाई साथ दिने पक्षमा छैनन्। संसदमा लेबर पार्टीका २४७ सांसद छन्। यसले बोरिसलाई संसदमा दुई तिहाइ पुर्‍याउन कठिन हुने देखिन्छ।

प्रधानमन्त्री जोन्सनले सम्झौता या सम्झौता बिनै ३१ अक्टोबरमा इयूबाट बाहिरिने प्रतिज्ञा गरेका छन्।

Maruti Cement