चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

Prabhu Bank

काठमाडौं।सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ।

Saftey Pads

राष्ट्रपति सि जिनपिङ अक्टोबर ११ बाट सुरु पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धीत सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन्। तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सिको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ।

राष्ट्रपति सि भारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौँ आउन सक्ने अपेक्षा गरिएको छ। उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सिको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको समाचार आजको नागरिक दैनिकमा छ।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ

नेपालको सुरक्षाअवस्थाबारे जानकारी लिन चिनियाँ सुरक्षा निकायको टोली समेत हालै नेपाल आएर फर्किसकेको छ।

Maruti Cement