जापान जाने कामदारको परीक्षा कात्तिकमा, खर्च कति लाग्छ?

Prabhu Bank

काठमाडौं।लामो समयदेखि अन्यौलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ।

Saftey Pads

जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साताबाट परीक्षा सञ्चालन हुनेछ।

जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिती निश्चित गरेको हो। जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन्।

बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुवै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन्।

परीक्षाका लागि भने प्रवेश शुल्कबापत् करिब एक हजार रुपैयाँ लाग्ने छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Maruti Cement