बालुवाटार ललिता निवासका सबैजसो मोही नक्कली

Prabhu Bank

काठमाडौं।बालुवाटारको ललिता निवासस्थित जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन्।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो।

ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो।

तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरुको सम्पत्तिसमेत जफत गर्ने सुइँको पाएपछि सुवर्णशमशेरले बालुवटारको जग्गा पत्नीसहित आफ्ना सन्तानलाई दिएका थिए।

सुवर्णशमशेरले २०१७ असार ३० गते ५७ रोपनीका दरले श्रीमती स्वेतप्रभासहित छोरा र बुहारी गरी पाँच जनालाई सम्पत्ति बकपत्र गरेका समाचार आजको कान्तिपुर दैनिकमा छ।

बाँकी रहेको १४ रोपनी ११ आना जग्गा मात्रै आफ्नो नाममा राखेका थिए। गृह मन्त्रालयका अनुसार सरकारबाट जफत भएको जग्गा १४ रोपनी ११ आना मात्रै देखिन्छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement