दुई समूहबीच ग्याङ फाइट हुँदा एक युवाको मृत्यु, २ जना पक्राउ

Prabhu Bank

काठमाडौं । ग्याङ फाइट हुँदा काठमाडौंको कपनमा एक युवाको मृत्यु भएको छ।

Saftey Pads

मंगलबार राति ९ बजे कुटपिटका कारण खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका सञ्जयको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सङ्खुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राईलाई पक्राउ गरेको हो।

दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएको  महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता बोगटीले जानकारी दिए।

 

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला
Maruti Cement