प्रधानमन्त्री भेट्न वामदेव गौतम पनि सिंगापुर जाँदै

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम आज सिंगापुर जाने भएका छन्।

Saftey Pads

हिजो नजाने भनेका गौतम सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न जान लागेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

गौतम आज दिउँसो १ बजे सिंगापुर जाने रिजालले जानकारी दिए। यसअघि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गइसकेका छन्।

नेता गौतम पनि हिजै जाने तयारी थियो। अन्तिम समयमा उनले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए। तर प्रधानमन्त्री ओलीले नै बोलाएपछि उनी सिंगापुर जान लागेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेव गौतमविरुको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍याे
Maruti Cement