चेकिङमा प्रहरीले गोली चलायो, १७ राउन्ड गोलीसहित एक जना पक्राउ

Prabhu Bank

काठमाडौं । वीरगञ्ज प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ।

Saftey Pads

प्रहरीको गोली लागेर घाइते भएका वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ। उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइको छ।

सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ। प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका थिए।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement