एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

बुधवार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। मंगलवारको तुलनामा बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो।

मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।

महासँघका अनुसार, आज चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ। मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो। चाँदी मंगलवार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी