नादेझ्दा कप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा

Prabhu Bank

काठमाडौं । किर्गीस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ फुटबलका खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यसअघि नादेझ्दा कप खेल्न लागेको हो।

Saftey Pads

अखिल नेपाल फुटबल संघ –एन्फा) ले सागको लागि बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्यीय टोलीको घोषणा गरेको हो। नादेझ्दा कपमा नेपालसहित आयोजक किर्गीस्तान, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेल आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्।

नेपाली टोली
गोलकिपरः एन्जिला सुब्बा, अन्जना राना मगर
डिफेन्डरः हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, कविता धिमाल, अस्मिता जैसी
मिडफिल्डरः मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शर्मिला थापा
फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी
Maruti Cement