संविधान दिवसलाई राजपाले विरोध दिवसको रुपमा मनाउने

Prabhu Bank

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

Saftey Pads

सरकारले संविधान जारी भएको असोज ३ गतेलाई भव्य रूपमा मनाउने तयारी गरिरहेका बेलाराजपाले यो वर्ष पनि यो दिनलाई कालो दिवसका रुपमा मनाउन लागेको हो।

मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनको माग सम्बोधन नभएकाले विरोध गर्ने निर्णय गरेको हो।

संविधान दिवसको दिन ३ असोजमा देशव्यापी विरोध गर्ने राजपाका संयोजक राजकिशोर यादवले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि यो दिवसका दिन घरघरमा दिप प्रज्वलन गरेर मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका थिए।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement