मुस्कानसहित प्रहरीको सेवाः कन्टेनर चालकमाथि निर्घात कुटपिट

Prabhu Bank

रसुवा । रसुवामा नेपाल प्रहरीले कन्टेनर चालकमाथी निर्घात कुटपिट गरेको छ।

Saftey Pads

चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै मंगलबार रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निर्घात कुटपिट गरेका हुन्।

चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि यो विषय अहिले चर्चामा आएको छ।

रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालको अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र प्रहरीबाट कुटिएका चालक रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ गत्लाङका श्रीमान तामाङलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको छ।

तामाङ रसुवागढी हुदै नेपाल–चीन सामाग्रि आयातनिर्यात गर्ने बा. ६ ख ४९२५ नं. को कन्टेनरका चालक हुन्।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा

उक्त भिडियो ‘ओर्जिनल’ भए–नभएको र उक्त घटनामा देखिए अनुसारको दुब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए।

यसैगरी उक्त घटनामा संलग्न विषयमा निश्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले बताए।

प्रत्यक्षदर्शीले कैद गरेको भिडियो हेर्नुहोस्

Maruti Cement