सुन तस्करीको नयाँ तरिकाः चक्कुको बिंडभित्र आधा किलो सुन

काठमाडौ । सुन तस्करीमा प्रहरीले कडाइ गरिरहेका बेला तस्करले अर्को नयाँ तरिका अपनाउन थालेका छन्।

बुधबार चक्कुको बिडभित्र लुकाएर ल्याइएको सुनसहित एक जनालार्ई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ गरेपछि तस्करीको अर्काे तरिका सार्वजनिक भएको हो।

प्रहरीका अनुसार, नेपाल वायु सेवा निगमको उडानबाट दोहा हुदै नेपाल आएका कास्कीका सन्तोषकुमार नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

उनले दुई वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ। उनलाई बुधबार नै राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कटुवा पेस्तोलसहित एक जना पक्राउ