विप्लवका नगर इञ्चार्ज पक्राउ

Prabhu Bank

डडेलधुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्।

Saftey Pads

परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement