जनतामा बेचैनी बढ्दो छ अब विकासका काम तीव्र गतिमा बढाऔँः प्रचण्ड

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा बेचैनी बढेको भन्दै विकासका काम तीव्र गतिमा अघि बढाउनु पर्ने बताएका छन्।

Saftey Pads

बुधबार चितवनमा भरतपुर विमानस्थल विस्तार तथा सुधार गर्न सरोकारवालासँगको अन्तरक्रियामा सहभागी हुँदै अध्यक्ष दाहालले तीव्र गतिमा काम अगाडी बढाउनुपर्ने बताएका हुन्।

उनले विमानस्थलको काम छिटो भन्दा छिटो सम्पन्न गर्न पनि निर्देशन दिए।

उनले भने, ‘जनतामा बेचैनी बढ्दो छ। उनीहरु विकासका कार्य दुु्रत गतिमा भएको हेर्न आतुर छन् । अब मिटिङिसिटिङ भन्दा पनि एक्सनमै जानुपर्छ । हाम्रो ध्यान, दिमाग र तागत एक्सनमा लगाउनुपर्यो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अन्योल र अस्थिरता देशले थाम्न नसक्ने पनि स्पष्ट पारे। उद्योग, अस्पताल, शिक्षा लगायत हरेक क्षेत्रमा एक्सनद्वारा युवालाई आश्वस्त पार्नुपर्ने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रीहरुको हेरफेरका आधारबारे नेकपामा छलफल
Maruti Cement