विदेशी नागरिकमाथि हिंसात्मक आक्रमण, ५ को मृत्यु

Prabhu Bank

काठमाडौं । दक्षिण अफ्रिकामा विदेशी नागरिकमाथि हिंसा र लुटपाट मच्चिएको छ। देशका राष्ट्रपति सिरिल रामाफोसाले हिंसाको आलोचना गरेका छन्।

Saftey Pads

‘दक्षिण अफ्रिकन नागरिकले अन्य देशका कुनै नागरिकमाथि आक्रमण गर्नुपर्ने कुनै पनि कारण छैन,’ मंगलबार उनले भने।

हिंसाको संलग्न भएको आशंकामा सोमबार जोहान्सवर्गमा मात्र दर्जनौंलाई पक्राउ गरिएको छ। हिसांमा परेर कम्तीमा पनि पाँचको मृत्यु भएको छ।

अन्य अफ्रिकी देशका सरकारले दक्षिण अफ्रिकामा भइरहेको हिंसा प्रति आफ्ना नागरिकलाई सचेत गराएका छन्।
‘विदेशी नागरिकले संचालन गरेका व्यवसायहरु माथि भइरहेका आक्रमण पूर्णत अस्वीकार्य छ।

हामी यसलाई दक्षिण अफ्रिकामा हुन दिदैनौं ,’ ट्वीटरमा एउटा भिडियो सन्देश पोष्ट गर्दै रामाफोसाले भनेका छन् ,‘यो कार्य तत्काल रोकिनुपर्छ ,’ उनले थपे।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी

आक्रमणको मुख्य निशानामा अन्य अफ्रिकी मुलुकबाट दक्षिण अफ्रिका आएर व्यवसाय गर्नेहरु छन्। अफ्रिका अधिकाशं मुलुक गरिबी र हिंसासँग संघर्षरत रहेको अवस्थामा कयैनको आर्कषणमा आर्थिक रुपमा सबल दक्षिण अफ्रिका पर्ने गरेको छ।

यसले आफूहरुको रोजगारी खोसिएको दक्षिण अफ्रिकाका निम्न वर्गको गुनासो रहदैं आएको थियो। अलग रुपमा अफ्रिकन संघको एउटा वक्तव्य जारी गर्दै ‘घृणित हिसात्मक कार्य’लाई ‘कडा शब्दमा’ भत्सना गरेको छ। प्रहरीले हिंसा कम गर्नको लागि अश्रु ग्यास, रबरको बुलेट र स्टन ग्रिनेड प्रहार रहेको छ।

हिंसाका क्रममा विदेशी नागरिकको धनमाल लुटपाट हुने, तिनले चलाएका सवारी वाहनलाई लक्षित गरी आक्रमण तथा आगजनी भइरहेको छ।

मंगलबार पनि जोहान्सवर्गको एलेक्जेण्ड्रिय नगरक्षेत्रमा हिंसा जारी थियो। सहरका केही क्रूद्ध स्थानीस बासिन्दाले सरकारलाई कागजात नभएका आप्रवासीलाई देशनिकाला गर्न आह्वान गर्दै नारा लगाएका थिए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावाद विजयी

लुटपाटको शिकार भएको एक जना नाइजेरियन व्यवसायीले दक्षिण अफ्रिकामा बसोबास गर्ने विदेशीले पहिलेदखि ‘धेरै प्रकारको झुट र आरोप’को सामना गरिरहने गरेको बताए।

‘यो कुनै आपराधिक आक्रमण होइन। यो फरक जातिविरुद्धको आक्रमण हो।’ उनले भने।

दक्षिण अफ्रिकाको सुपरमार्केट सोप्रिटको एउटा शाखाँमा धेरै तोडफोड भएको संचारमाध्यमले बताएका छन्।
एक प्रत्यक्षदर्शीले सुपरमार्केट रहेको स्थानमा रहेको सपिङ सेन्टरबाहिर दुई शव देखेको बताए।

ट्राफिकमा फसेका वाहनमाथि पनि आक्रमण गरिएको थियो। आक्रमणपछि यात्रुहरु वाहन छाडेर भागेका थिए। एजेन्सी

Maruti Cement