पत्रकार ओम हमालको गिरफ्तारीप्रति महासंघको आपत्ति

Prabhu Bank

काठमाडौं । सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएका पत्रकार ओम हमाललाई प्रहरीले पुनः पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Saftey Pads

महासंघले बुधबार विज्ञप्ति प्रकासित गरी हमाललाई अदालत परिसरबाटै पुनः गिरफ्तारी गरिएकोप्रति आपत्ति जनाएको हो।

भदौ ६ गते पोखरबाट पक्राउ गरिएका जनसञ्चार डटकमका सम्पादक हमाललाई सर्वाेच्च अदालतले भदौ १८ गते रिहा गर्न आदेश दिएको थियो।

आदेशको अवज्ञा गर्दै प्रहरीले पत्रकार हमाललाई सोहि दिन साँझ अदालत परिसरबाटै पक्राउ गरेको थियो।

महासंघले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पत्रकार हमाललाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Maruti Cement