कुकुर र गौहत्याको विरोधमा प्रदर्शन

Prabhu Bank

काठमाडौं । कुकुर र गाईलाई निर्मम तरिकाले हत्या गरिएको भन्दै काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

Saftey Pads

खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरूपमा वर्वरतापूर्वक मारिएको र नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जंगलमा भीरबाट खसालेर मारिएको घटनाको विरोधमा माइतीघरमा विरोध सभा भएको हो।

स्नेहास केयरको आयोजनामा राजधानीमा निकालिएको विरोध सभामा हिन्दूहरूको आस्थाको पशु गाई र कुकुरलाई बर्बरतापूर्वक मार्ने अपराधीमाथि हदैसम्मको कारवाही गर्न माग गरिएको थियो।

’कुकुर तिहार, गोवर्धन पूजा, पशुअधिकार किन धुजाधुजा???’, ’पशुपन्छी अवोध प्राणी हुन् उनीहरूमाथि विवेकशील बनौँ’ लगायतका प्लेकार्ड बोकेका उनीहरूले चर्काचर्का नाराबाजीसमेत गरेका थिए।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया
Maruti Cement