जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँः सिटौला

Prabhu Bank

चितवन । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन्।

Saftey Pads

चितवनमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए।

मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए।

वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो। केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए।

पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो। अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो।” रासस

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा
Maruti Cement